देउवाका प्रतिस्पर्धी सागर भन्छन्- कांग्रेसलाई बलियो बनाउन मैले जित्नुपर्छ – Nepal Press

देउवाका प्रतिस्पर्धी सागर भन्छन्- कांग्रेसलाई बलियो बनाउन मैले जित्नुपर्छ

काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले कांग्रेसलाई बलियो बनाउन आफूले जित्नुपर्ने तर्क गरेका छन् ।

चुनावी प्रचारका लागि गृहजिल्ला पुगेका प्रधानमन्त्री देउवाको स्वागतमा लाइनमा बसेका ढकालले चुनावमा एजेण्डाको लडाइँ हुने बताए ।

उनले भने, ‘नेपालको विकास गर्ने हो भने कांग्रेसको सक्रिय कार्यकर्ता २० लाखबाट घटेर एक लाख भएपनि पुग्छ । कांग्रेसलाई अझै बलियो बनाउने हो भने मैले जित्नुपर्छ । धेरै कांग्रेसका कार्यकर्ताहरूले आफ्नो सदस्यताबाट राजीनामा दिनुपर्छ । अनि बल्ल देशको विकास हुन्छ ।’

कांग्रेससँग विचार र सिद्धान्त भएका एउटा पालिकामा सय जना भए पुग्ने उनले बताए । विचार भनेको दीयोजस्तो हुनुपर्ने उनको भनाइ छ ।

उनले चुनावमा एजेण्डाको लडाइँ हुने भएकाले आफूलाई संयुक्त सभाहरूमा बोल्न दिन पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर