हँसिया-हतौडामा भोट नहाल्ने कांग्रेसीलाई एमाले प्रवेशको अभियान चलाउँछौं : पार्वत गुरुङ – Nepal Press

हँसिया-हतौडामा भोट नहाल्ने कांग्रेसीलाई एमाले प्रवेशको अभियान चलाउँछौं : पार्वत गुरुङ

दोलखा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले दोलखामा माओवादी केन्द्रका उम्मेदवारलाई हँसियाहतौडामा भोट नहाल्ने कांग्रेसका लोकतन्त्रवादी नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने अभियान चलाउनुपर्ने बताएका छन् ।

जिल्ला पार्टी कार्यालय, दोलखामा बिहीबार कांग्रेस गौरीशंकर गाउँपालिका सचिव अर्जुन ओली र साविक मार्वु गाविसको सिंगो गाउँ कमिटीलाई एमालेमा प्रवेश गराउँदै पूर्वमन्त्री गुरुङले दोलखामा एमालेको वर्चश्व रहेको कुरा पुन:स्थापित भएको बताए । यसले ४ मंसिरको निर्वाचनमा पार्टीको विजयलाई थप सुनिश्चित गरेको उनको दाबी थियो ।

‘दोलखामा धेरै इमान्दार लोकतन्त्रवादी, हिंसा नरुचाउने साथीहरू हुनुहुन्छ, उहाँहरू हँसिया हतौडामा भोट हाल्ने मनस्थितिमा हुनुहुन्न’, गुरुङले भने,‘त्यस्ता साथीहरूलाई लोकतान्त्रिक पार्टी एमालेमै स्पेस र भविष्य छ, त्यसैले हामीले सबै गाउँ र वडाहरूमा कांग्रेसका नेता-कार्यकर्ता प्रवेश अभियान चलाउनुपर्छ ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य रचना खड्का, सरस्वती बस्नेत, प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेशसभा उम्मेदवारहरू नरबहादुर श्रेष्ठ, भरतबहादुर केसीलगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर