महेश बस्नेतको घरदैलो अभियान सुरू (तस्बिरहरू) – Nepal Press

महेश बस्नेतको घरदैलो अभियान सुरू (तस्बिरहरू)

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले घरदैलो कार्यक्रम सुरू गरेका छन् ।

यस क्षेत्रअन्तर्गत मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छन् । एमाले क्षेत्र नं २ प्रचार प्रसार समितिले आजदेखि दुईवटै नगरपालिकामा घरदैलो अभियान सुरू गरेको हो । बिहीबार बिहान मध्यपुर थिमि-१ बाट एमालेका उम्मेदवारहरूको मतदाताको घरदैलोमा पुगेका छन् ।

अभियानमा प्रतिनिधिसभा उम्मेदवार एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत तथा प्रदेश ‘क’ सूर्यविनायकमा किरण थापा र ‘ख’ मध्यपुरमा चन्दनकृष्ण श्रेष्ठ सँगसँगै हिँडेका छन् । अभियानको क्रममा स्थानीयले विभिन्न झाँकी प्रदर्शन गरेका थिए ।

मतदाताले उम्मेदवारहरूलाई आफ्ना टोलका समस्या तथा गुनासो सुनाएका थिए । उम्मेदवारहरूले जनचाहनालाई पूरा गर्ने प्रतिबद्धता जनाए । अभियानमा एमाले वागमती प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष वासुदेव थापा, प्रदेश समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठलगायत सहभागी थिए ।

एमाले भक्तपुर क्षेत्र नम्बर २ प्रचारप्रसार समितिले घरदैलो कार्यक्रम तालिका सार्वजनिक गरेको छ । मध्यपुर क्षेत्रमा १८ गते वडा नं. २, १९ गते वडा नं. ३, २० गते वडा नं. ४, २१ गते वडा नं. ५, २२ गते वडा नं. ६, २३ गते वडा नं. ७, २४ गते वडा नं. ८ र २५ गते वडा नं. ९ घरदैलो कार्यक्रम तय गरिएको छ । यहाँ दैनिकरूपमा घरदैलो कार्यक्रम ७ बजेदेखि हुनेछ ।

त्यस्तै सूर्यविनायक क्षेत्रमा आज दुई बजे वडा नम्बर १ मा घरदैलो कार्यक्रम हुने बताइएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा १८ गते वडा नं. २, १९ गते वडा नं. ३, २० गते वडा नं. ४, २१ गते वडा न.. ५, २२ गते वडा नं. ६, २३ गते वडा नं. ७, २४ गते वडा नं. ८, २५ गते वडा नं. ९ मा दिउँसो २ बजेदेखी घरदैलो हुने समितिले जानकारी दिएको छ । यस्तै २६ गते विहान सूनपा वडा नं. १० मा घरदैलो कार्यक्रम तय गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया

One thought on “महेश बस्नेतको घरदैलो अभियान सुरू (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर