रविका २३ वाचा : गरिबलाई रासन कार्डदेखि रातो र चन्द्र-सूर्यको ब्राण्डिङ्गसम्म – Nepal Press

रविका २३ वाचा : गरिबलाई रासन कार्डदेखि रातो र चन्द्र-सूर्यको ब्राण्डिङ्गसम्म

काठमाडौं । आसन्न मंसिर ४ को चुनावलाई ध्यान दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष रवि लामिछानेले २३ वटा वाचासहितको घोषणापत्र सार्वजनिक गरे ।

‘वाचा पत्र’ नाम दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले विगत ५ वर्षको समीक्षा गर्दै आगामी ५ वर्ष आफ्नो पार्टीले गर्ने कामको फेहरिस्त प्रस्तुत गरेको छ । लोकतन्त्रको बलियो आधार निर्माणका लागि अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थासहित निर्वाचन प्रक्रियामा सुधार खोजेको छ ।

त्यस्तै झन्झटरहित सरकारी सेवाका लागि प्रभावकारी र पारदर्शी सरकार सञ्चालन, लैंगिक विभेदको अन्त्यको वाचा पनि उक्त पार्टीले गरेको छ । रविले वाचा पत्रमार्फत् भ्रष्टाचारविरुद्ध निर्ममरूपमा प्रस्तुत हुने कबुल गरेका छन् ।

हरेक वडामा खाद्य केन्द्र, गरिबको लागि रासन कार्ड र मानव बेचबिखन, घरेलु हिंसा, एसिड आक्रमणबाट पीडितका लागि ५ अर्बको ‘करुणा कोष’ स्थापना गर्ने स्वतन्त्र पार्टीको घोषणापत्रमा उल्लेख छ । स्वास्थ्यको एजेण्डा अघि सार्दै उक्त पार्टीले पहिलो चरणमा ३५ हवाई र ७५३ सडक एम्बुलेन्ससहित राष्ट्रिष एम्बुलेन्स सेवा लागू गराउने प्रतिबद्धता जनाएको छ । ५ लाख टन उत्पादन क्षमताको रासायनिक मल कारखाना स्थापनादेखि ‘एक क्षेत्र, एक बाली, किसानको जीवनमा खुशीयाली’ नारा समेटेर कृषिका एजेण्डा अघि ल्याएको छ ।

चितवनलाई आर्थिक राजधानीको रूपमा विकास गर्ने, वैदेशिक लगानी १५ गुणा बढाउने र ‘रातो र चन्द्र सूर्य ब्रान्ड’ अभियानका लागि छुट्याइने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्रमा उल्लेख गरेको छ ।

बाचापत्रमा स्वतन्त्र पार्टीले ३१ वर्षको नेपालका लागि १६ परिकल्पना प्रस्तुत गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र पूर्ण हेर्न यो समाचारमा जानुस् :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर