कुस्ती प्रतियोगितामा भारतीय पहलमानको वर्चश्व – Nepal Press

कुस्ती प्रतियोगितामा भारतीय पहलमानको वर्चश्व

रुपन्देही। रुपन्देहीको रोहिणीमा भएको वृहत खुल्ला कुस्ती (दंगल) प्रतियोगितामा भारतीय पहलमानहरुले वर्चस्व जमाएका छन्। भारतसहित नेपालको मधेश प्रदेशसहित लुम्बिनी प्रदेशकै पहलमानहरुको सहभागिता रहेको प्रतियोगितामा भारतीय पहलमानहरुले वर्चस्व देखाएका हुन् ।
प्रतियोगितामा भारत दिल्लीका विनोद पहलमान प्रथम भएका छन् । उनले भारतकै पठानकोटका बब्बी पहलमानलाई पराजित गर्दै प्रथम भएका हुन् । त्यस्तै भारत गोरखपुरका जितेन्द्र पहलमान दोस्रो भएका छन् ।

जितेन्द्रले भारत हरियाणाका भीम पहलमानलाई पराजित गरेका थिए । प्रतियोगितामा भारतकै हरियाणाका मुन्ना पहलमान तेस्रो भएका छन् । मुन्नाले हरियाणाकै गोपी पहलमानलाई हराएका थिए । प्रतियोगितामा भारत पनियराका गुड्डु पहलमानले सान्त्वना स्थान हासिल गरेका थिए ।

रोहिणी–३ स्थित धकधईमा मंगलबार र बुधबार भएको प्रतियोगितामा पहलमानसँगै दर्शकको उत्साहजनक उपस्थिति रहेको र तराई मधेशमा लोकप्रिय कुस्तीको संरक्षण र युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाबाट पाँच लाख बजेट विनियोजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

कुस्ती प्रतियोगितामार्फत स्थानीय पहलमानहरु उत्पादन गर्ने उद्देश्य रहेको र आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिने उनको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय ११, दोस्रो हुनेलाई ५० हजार ५ सय ५५, तेस्रोलाई २५ हजार २ सय २५ र सान्त्वना हुनेलाई १५ हजार १ सय २५ रुपैयाँ र निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहनवापत साइकल र टेलिभिजन प्रदान गरिएको प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले बताए ।

गाउँपालिकाले कुस्तीसहित अन्य खेलको संरक्षणका लागि बजेट बिनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर