मिलान च्याम्पियन्स लिगको अन्तिम १६ मा – Nepal Press

मिलान च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं । इटालियन क्लब एसी मिलान आरबी साल्जवर्गलाई ४-० गोलको नतिजामा पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ प्रवेश गरेको छ ।

समूह चरण अन्तर्गत बुधबार राति मिलानको जितमा ओलिभर जेरुडले दुई गोल गरे । खेलको १४ औं मिनेटमा जेरुडले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।

रेड क्रुनिचले ४६ औं मिनेटमा गोल गर्दै मिलानको अग्रता दोब्बर बनाएका थिए । खेलको ५७ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३-० को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा जुनियर मेस्सीआसले गोल गर्दै मिलानको जित ४-० ले शुनिश्चित गरे। जितसँगै मिलानले आठ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ ।

६ खेलमा १० अंक जोडेको मिलान समूह ‘ई’ को दोस्रो स्थानमा रहदै नकआउट चरण प्रवेश गरेको हो ।

साल्जवर्ग ६ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर