युभेन्ट्सलाई पराजित गरेपनि पिएसजी समूह उपविजेता – Nepal Press

युभेन्ट्सलाई पराजित गरेपनि पिएसजी समूह उपविजेता

काठमाडौं । युभेन्ट्सलाई २–१ अन्तरले पराजित गरेपनि पेरिस सेन्ड जर्मेन (पिएसजी) युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’को उपविजेता रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । उनले एक गोल सहित एक असिस्ट प्रदान गरे । यसैगरि नुनो मेन्डिसले एक गोल थपे । एब्बाप्पेको गोलमा भने स्टार खेलाडी लियोनल मेस्सीको असिस्ट रहेको थियो । युभेन्ट्सका लागि लिओनार्दो बोनुचीले गोल गरेपनि पर्याप्त रहेन ।

समूह ‘एच’ कै अर्को खेलमा बेन्फिकाले मकाबी हैफालाई ६–१ अन्तरले पराजित गर्दै समूह विजेता बन्यो ।

समान ६ खेलबाट पिएसजी र बेन्फिकाको समान १४ अंक छ । हेड टु हेडमा मा बेन्फिका शीर्षस्थानमा रह्यो । यस बाहेक समान तीन अंक बनाएका युभेन्ट्स र मकाबी समूह चरणबाट माथि बढ्न सकेनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर