चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गर्न ओलीलाई आयोगको अनुमति – Nepal Press

चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गर्न ओलीलाई आयोगको अनुमति

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई हेलिकोप्टर चढ्नका लागि सहमति दिएको छ । आयोगमा वुधबार निवेदन आएपछि पार्टीको खर्चमा हेलिकोप्टर चढ्न सहमति दिइएको आयोग स्रोतले जनाएको छ ।

एमालेको मुख्य प्रचारक अध्यक्ष ओली भएकाले हेलिकोप्टरका लागि आयोगसँग सहमति लिनका लागि निवेदन दिइएको थियो । एमालेले अनुमतिका लागि आयोगमा पेस गरेको निवेदनमा अध्यक्ष ओलीसँगै अर्को एक जना पनि आवश्यकताका आधारमा रहने भनिएको आयोग स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर