तिहार र छठमा बैंकबाट १७ अर्ब झिकियो – Nepal Press

तिहार र छठमा बैंकबाट १७ अर्ब झिकियो

काठमाडौं । नेपाल बैंकर्स संघका अनुसार कात्तिकको दोस्रो साता वाणिज्य बैंकहरुबाट १७ अर्ब १३ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ । यतिबेला तिहार तथा छठ पर्वहरु परेका थिए । चाडवाडका कारण बैंकबाट निक्षेप झिक्नेहरु बढेको अनुमान गरिएको छ ।

कात्तिकको ४ गतेदेखि ११ गतेसम्ममा उक्त निक्षेप बाहिरिएको हो । यसअवधिमा वाणिज्य बैंकमा ४४ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप छ । तर बैंकहरुले दोस्रो साता ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कात्तिक ११ गतेसम्म ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा वाणिज्य बैंकहरुबाट प्रवाह भएको छ ।

यो अवधिमा बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) वृद्धि भई ८७.५८ प्रतिशत पुगेको छ । यसअघि कात्तिक ४ गतेसम्म बैंकहरुको यो अनुपात ८७.२३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *