प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको लगातार दोस्रो जित – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको लगातार दोस्रो जित

काठमाडौं । कर्णाली प्रदशेलाई ३२ रनले पराजित गरेसँगै गण्डकी प्रदशेले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह‘ए’ मा लगातार दोस्रो जित निकालेको छ ।

त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०९ रनको लक्ष्य कर्णाली सामु प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कर्णाली ४७ ओभरको समाप्तिमा १७६ रन बनाएर अलआउट भयो ।

कर्णालीका लागि हिमान्सु शाहीले सबैभन्दा धेरै अविजित ६९ रनको योगदान गरे । कप्तान रविन्द्र शाहीले ४२ रन बनाउदा प्रकार जैशीले १५ रन जोडे । भने, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गण्डकीको बलिङमा सुवार भण्डारी र चन्द्र पौडेलले समान ३ विकेट लिए । विपिन खत्रीले दुई विकेट लिँदा कमल परियार र अभिषेक बस्नेतले एक÷एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको गण्डकीका लगि अभिषेक बस्नेतले सर्वाधिक ५१ रनको योगदान गरे । ओपनर अर्जुन कुमाल ४९ रनमा आउट हुँदा विधान श्रेष्ठले ४६ रनको योगदान गरे। भने, सुवास भण्डारीले १४ रन बनाए ।

कर्णालीका अनुज चनराले सर्वाधिक ४ विकेट लिए । यस्तै प्रकाश जैसीले तीन विकेट लिए । यस्तै दिनेश अधिकारीले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर