लयमा कोहली, जारी विश्वकपमा तेस्रो अर्धशतक – Nepal Press

लयमा कोहली, जारी विश्वकपमा तेस्रो अर्धशतक

मेलबर्न । भारतका पूर्वकप्तान विराट कोहली यतिबेला लयमा देखिएका छन् । अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा भारतले चार खेल खेल्नेक्रममा कोहलीले तेस्रोपटक अर्धशतक बनाएका छन् ।

सुपर–१२ अन्तर्गत बंगलादेशविरुद्ध जारी खेलमा कोहलीले अविजित ६४ रन बनाएपछि भारतले एक सय ८५ रनको लक्ष्य दिएको छ ।

यसअघि कोहलीले पाकिस्तानविरुद्ध ८२ र नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाएका थिए । दुवै खेलमा उनी अविजित थिए । सुपर-१२ को तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध उनी १२ रनमा आउट भएका थिए। कोहलीले बंगलादेशविरुद्ध ४४ बलमा एक छक्का र ८ चौका प्रहार गरे ।

तीन खेलपछि भारत र बंगलादेश दुवैको ४/४ अंक छ । दक्षिण अफ्रिकाको तीन खेलबाट ५ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर