उम्मेदवारले अनलाइनबाट पनि प्रचार गर्न पाउँछन् : दिनेश थपलिया – Nepal Press

उम्मेदवारले अनलाइनबाट पनि प्रचार गर्न पाउँछन् : दिनेश थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले उम्मेदवारहरुले अनलाइनमार्फत् पनि चुनावी प्रचार गर्न पाउने बताएका छन् । वुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सीमाभित्र रहेर चुनावी प्रचार गर्न भनेका हुन् ।

उनले भने, ‘पत्रपत्रिकामा भोलिबाट विज्ञापन गर्न पाइन्छ भनेको छ । त्यसमा अनलाइन पनि पर्छ भन्ने हाम्रो बुझाइ हो । यदि अनलाइन समाचार माध्यमलाई दुविधा हो भने त्यसमा हामीले निर्णय गछौँ । अनलाइनमा विज्ञापन भएको देखियो भने आयोगले त्यसमाथि प्रश्न गर्दैन ।’

उनले सकेसम्म देशभित्र खर्च गरेर पनि चुनाव जित्न सकिन्न भन्नेमा सचेत हुन उम्मेदवारलाई आग्रह गरे । उनले थपे, ‘देशभित्रै खर्च गर्यो भनेपनि निर्वाचन जितिन्छ भन्ने सन्देश पनि राजनीतिक दलका उम्मेदवारसम्म तपाईंहरुले दिनुस् । हामीले पनि बाहिर नआवस् भन्न चाहन्छौँ । तर, सबैकुरा सीमाभित्र रहेर गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर