नेकपा एस जिल्ला सचिवको नेतृत्वमा नेता कार्यकर्ता एमालेमा समाहित, उम्मेदवारी पनि निष्क्रिय – Nepal Press

नेकपा एस जिल्ला सचिवको नेतृत्वमा नेता कार्यकर्ता एमालेमा समाहित, उम्मेदवारी पनि निष्क्रिय

दमौली । नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नम्बर २ का चार सय ६१ जना नेता कार्यकर्ता एमालेमा समाहित भएका छन् ।

बुधबार दुलेगौडामा आयोजित कार्यक्रममा श्रेष्ठको नेतृत्वमा १७ जना जिल्ला कमिटी सदस्य, युवासंघका गण्डकी प्रदेश अध्यक्ष कमल गैरे, शुक्लागण्डकी नगरकमिटी, युवासंघ तनहुँको कमिटी एमालेमा समाहित भएको घोषणा गरिएको हो ।

नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य रामबहादुर थापा क्षेत्री, सन्तोष वाग्ले, दीलबहादुर थापा, सानुमाया थापा, रिता भुजेल, सूर्यप्रकाश तिमिल्सिना, श्रीराम पौडेल, नारायणदत्त वाग्ले, युवासंघका अध्यक्ष जीवन भट्टराईलगायत शुक्लागण्डकी नगर कमिटीसहित ४६१ जना एमालेमा समाहित भएको दाबी नेताहरूले गरे ।

कार्यक्रममा सचिव श्रेष्ठले कांग्रेसको पुच्छर बनेर हिँड्न नसकिने निष्कर्ष निकाल्दै कम्युनिष्ट आन्दोलन बलियो बनाउन मूल घर फिर्ता भएको बताए । उनले प्रदेशसभामा रहेको आफ्नो उम्मेदवारी पनि एमालेका श्यामराजा महतलाई समर्थन जनाउँदै फिर्ता लिएका छन् ।

‘कुनै पद प्राप्तिका लागि मूल घर फर्किएका होइनौ, पार्टीले दिने जुनसुकै जिम्मेवारी ग्रहण गर्न तयार छौ,’ उनले भने ।

एमाले फर्किएकाहरूलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य किरण गुरुङ, पोलिटब्युरो सदस्य टुकराज सिग्देल, एमाले अध्यक्ष श्रीप्रसाद श्रेष्ठलगायतले स्वागत गरेका थिए ।

सोही कार्यक्रममा कांग्रेसमा ३७ वर्षदेखि आबद्ध मनिराम परियार पनि एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर