चुनाव र अधिवेशनका लागि एमाले निकट तीन सय प्रवासी नेपाली काठमाडौंमा जम्मा हुँदै (तस्वीरहरुसहित) – Nepal Press

चुनाव र अधिवेशनका लागि एमाले निकट तीन सय प्रवासी नेपाली काठमाडौंमा जम्मा हुँदै (तस्वीरहरुसहित)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा तीन सय जनाभन्दा बढी प्रवासी नेपालीहरु काठमाडौंमा जम्मा हुने भएका छन् । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशनमा भाग लिन उनीहरु काठमाडौं आएका छन् र केही आउने क्रममा छन् ।

मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही कात्तिक १९ गते आयोजना हुने अधिवेशनमा विभिन्न देशबाट ३ सय जनाको प्रतिनिधित्व रहने जनाएको छ ।

अधिवेशनले ३१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशनमा भारतबाहेक अन्य देशका प्रतिनिधि सहभागी हुनेछन् । यो संगठन सन् १९९४ मा स्थापना भएको थियो ।

पत्रकार सम्मेलनमा प्रवास इन्चार्ज राजन भट्टराईले आगामी निर्वाचनमा प्रवासी नेपालीको समेत सक्रिय सहभागिता रहने भन्दै प्रवासी नेपालीलाई मताधिकार दिलाउन एमाले तयार रहेको बताए ।

हाल प्रवासी मन्चको अध्यक्ष बेलायतका भक्त गुरुङ छन् भने अष्ट्रेलियाका रमेश पाण्डे सचिव छन् । अमेरिकाका प्रभुराम थापा, कतारका चानक पोखरेल, रसियाबाट बिमला भण्डारी, हङकङबाट भक्त गु्रुङ सचिवालय सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर