घनश्यामका प्रतिस्पर्धी छविलाल भन्छन् : स्वतन्त्र नामबाट आएका व्यक्तिको अर्थ छैन – Nepal Press

घनश्यामका प्रतिस्पर्धी छविलाल भन्छन् : स्वतन्त्र नामबाट आएका व्यक्तिको अर्थ छैन

काठमाडौं । नेकपा एमालेका रुपन्देही १ छविलाल विश्वकर्माले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल आफ्नो प्रतिस्पर्धी हुन नसक्ने टिप्पणी गरेका छन् । रुपन्देहीमा एमाले राप्रपाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूविरुद्ध सत्ता गठबन्धनले उम्मेवार नै नउठाएको बताए ।

उनले भने, ‘यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट कुनै उम्मेदवार अगाडि सार्न सकेको छैनन। त्यस्तो अवस्थामा हामी संयुक्त रुपमा आएका छौँ। गठबन्धनको उम्मेदवार नभएपछि हामीले केही स्वतन्त्र उम्मेदवार देखेका छौँ। तर, उहाँहरुलाई कसले कहाँ समर्थन गर्छन् त्यो तपशिलको विषय हो ।’

उनले एमाले जसपा र राप्रपाले अघि सारेको उम्मेदवारलाई जिताउन आह्वान गरे ।

घनश्यामबारे उनले भने, ‘राजनीतिमा दलहरु नै जिम्मेवार हुन्छ। राजनीतिक दल नभएका व्यक्तिलाई मतदान गर्नुको अर्थ छैन। स्वतन्त्र नामका व्यक्तिको न समाउने हागो हुन्छ। न टेक्ने जमिन नै हुन्छ। पछि कहाँ खोज्न जाने?’

उनले यो निर्वाचनले देश बचाउने र दुर्घटनातर्फ लिएर जाने भन्नेबीचको लडाइँ भएको बताए ।

‘देशलाई बनाउने कि अघोगतितिर लिएर जाने भन्ने निर्वाचन हो यो। जनताका समृद्धिको सपनालाई ओलीले नेतृत्वमा अगाडि बढेको अभियानलाई हामीले अगाडि लिएर जानुपर्छ। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई रक्षा गर्दै जाने हाम्रो जिम्मेवारी छ’ उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर