योगेश भट्टराईसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण – Nepal Press

योगेश भट्टराईसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले ताप्लेजुङका नेकपा एमाले का उम्मेदवार योगेश भट्टराईसँग स्पष्टीकरण सोधेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

भट्टराईले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको सिरिजङ्‍घा गाउँपालिका वडा नं ३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको उजुरीको आधारमा आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगको पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ ? तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबही किन हुनु नपर्ने हो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर