दुर्गा पौडेललाई ओलीको कटाक्ष- हामीले संसदमा ल्याइदिएपछि कान्छी भाउजू अर्कैतिर ! (भिडिओ) – Nepal Press

दुर्गा पौडेललाई ओलीको कटाक्ष- हामीले संसदमा ल्याइदिएपछि कान्छी भाउजू अर्कैतिर ! (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनमोर्चा पार्टीकी पूर्वसांसद दुर्गा पौडेललाई भष्मासुरको संज्ञा दिएका छन् । पौडेललाई ‘कान्छी भाउजू’ भन्दै उनले कटाक्ष गरे ।

काठमाडौं-१ मा आज आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै ओलीले नेपालको राजनीतिमा च्याँखे थाप्नेहरूको बोलवाला बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

उनले भने, ‘यहाँ अनेकप्रकारका च्याँखे थाप्नेहरू छन् । संसदमा एउटा सीट छ, एमालेको सरकार ढालेँ भने बुरुक्क-बुरुक्क उफ्रेका छन् । एउटा मोहनविक्रमजीको पार्टी छ, हामीले भोट खसाइदिएर कान्छी भाउजूलाई ल्याइदियौं । भरे त हाम्रै टाउकामा भष्मासुर भएर उफ्रिइन् । हामीले भोट खसाएर ल्यायौं, संसदमा आइपुगेपछि कान्छी भाउजू त अर्कैतिर । यस्ता च्याँखेहरूले गम्भीर अपराध गर्ने स्थिति अन्त्य गर्न कुनै पार्टीको सुदृढ राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नैपर्छ । होइन भने च्याँखेहरूले सधैँ खेलिरहन्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर