राजनीतिक स्थिरताका लागि कांग्रेसलाई मत दिन सिंहको आग्रह – Nepal Press

राजनीतिक स्थिरताका लागि कांग्रेसलाई मत दिन सिंहको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनपछि बन्ने सरकारको पहिलो दायित्व अर्थतन्त्रमा सुधार ल्याउनु भएको बताएका छन् ।

चिन्ताजनक अवस्थामा रहेको देशको आर्थिक अवस्थालाई सुधार गर्नु नै कांग्रेसको पनि मुख्य दायित्व भएको उनले बताए ।

चुनावी प्रचारका क्रममा मतदाताहरूसँग भेटघाट गर्दै उनले विद्यमान ऐन कानूनका कारण उद्योगी व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै आवश्यक सुधार ल्याउन पार्टी तयार रहेको बताए ।

देशमा राजनीतिक अस्थिरताका कारण नागरिकले चाहेअनुसारको सेवा सुविधा पाउन नसकेको प्रति आफू जानकार रहेको सिंहको भनाई छ ।

जनता चाहनाअनुसार काम गरेर देखाउन र स्थिर राजनीतिक अवस्थाका लागि कांग्रेसलाई मत दिन उनले आग्रह पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर