ओलीको कारण एमाले छाडेको हुँ : घनश्याम भुसाल – Nepal Press

ओलीको कारण एमाले छाडेको हुँ : घनश्याम भुसाल

बुटवल । घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेको बताएका छन् । त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी छाडेको बताएका हुन् ।

ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उनको तर्क दाबी छ । ‘एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो’, उनले भने ।

भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रुपन्देही–१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताए । रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उनले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका सहरसँग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दाबी गरे ।

जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँच दलीय गठबन्धनलाई मतदान गर्नुपर्ने उनको भनाइ छ । त्यसै गरी वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिएका कांग्रेस नेता विश्वनाथ यादवले आफूले बोलेको कुरा व्यवहारमा उल्लेख गर्ने बताउँदै आफ्नो मुख्य प्राथमिकता अव्यवस्थित बसोबासी र सुकुम्वासी समस्या रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ ९२० का उम्मेदवार अब्दुल रज्जाकले कांग्रेस विकासप्रेमी पार्टी रहेको बताए । संविधान र लोकतन्त्र रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको र बाँकी रहेको विकास निर्माणका अधुरा कार्यहरू गठबन्धन सरकारले गर्ने नेता रज्जाकको भनाइ थियो ।

वाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ को ३३ वटै वडामा वडा सम्पर्क कार्यालय स्थापना गर्ने अभियान अन्तर्गत देवदह, रोहिणी र तिलोत्तमा गरी सात वटा वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

रुपन्देही क्षेत्र नं. १ मा झण्डै चार दर्जन उम्मेदवार चुनावी मैदानमा छन् भने प्रतिनिधिसभा सदस्य पदमा मात्रै २१ जनाको उम्मेदवारी परेको छ ।

सत्तारूढ गठबन्धनका घनश्याम भुसाल, एमाले नेतृत्वको एमाले, राप्रपा र जसपाको गठबन्धनका छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईँ निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया

2 thoughts on “ओलीको कारण एमाले छाडेको हुँ : घनश्याम भुसाल

  1. ए घनश्याम भुसालजी पार्टी छोडेर गएपछि पनि केपी ओली कै विरोध गरेर राजनीति गर्ने तपाईंको नियत र औकात चिनियो।तपाईं एमालेलाई कमजोर बनाएर बाह्य शक्तिको स्वार्थ पूरा गर्न कम्न्युनिष्टको बर्को ओढेर कम्न्युनिष्ट खतम बनाउने गद्दार पात्र हुनुहुँदो रहेछ। कथित बौद्धिक दरिद्रताको पराकाष्ठा!

  2. ओलिकै कारण हो भने त पहिले नै छोडनुपर्थ्यो । टिकट नपाएर छोडेको देख्दादेख्दै पनि झुट बोल्ने ? तिम्रो राजनीति नै टिकट,सांसद र मन्त्रीसम्म सिमीत देखियो । फुर्ति लगाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर