आजदेखि निष्कासनमा आयो सानिमा ग्रोथ फण्ड – Nepal Press

आजदेखि निष्कासनमा आयो सानिमा ग्रोथ फण्ड

काठमाडौं । सानिमा क्यापिटलले बुधवारदेखि सानिमा ग्रोथ फण्ड निष्कासन तथा बिक्री खुला गर्दैछ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो फण्ड एक बन्दमुखि योजना हो ।

योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ५६ लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबन्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ ।

यस्तै,२४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । सो इकाईका लागि कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति कात्तिक ३० गतेसम्म लम्बिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।

यो फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *