लिभरपुलले नापोलीलाई हरायो – Nepal Press

लिभरपुलले नापोलीलाई हरायो

काठमाडौं । च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले नापोलीलाई २-० गोलको नतिजामा पराजित गरेको छ ।

समूह चरणको अन्तिम खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र डार्विन नुनेजले एक एक गोल गरे ।

खेलको ८५ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

यस जितसँगै समूह ‘ए’ को ६ खेलमा १५ अंक जोडेको लिभरपुल तालिकाको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ ।

नापोली ६ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर