जनताले करिब दुईतिहाइ बहुमत दिँदा पनि केपी ओलीले कुनै काम गर्न सकेनन् : नेपाल (भिडिओ) – Nepal Press

जनताले करिब दुईतिहाइ बहुमत दिँदा पनि केपी ओलीले कुनै काम गर्न सकेनन् : नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताले करिब दुईतिहाइ बहुमत दिँदा पनि केपी ओलीले कुनै काम गर्न नसकेको बताएका छन् ।

जनकपुरमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ ले मंगलबार आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७४ सालको निर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई करिब दुईतिहाइ बहुमत दिएको तर ओलीले कुनै काम गर्न नसकेको बताएका हुन् ।

उनले ओलीले गुटबन्दी गरेको र अरुलाई आदेश पालना गर्ने दास बनाउन खोजेकाले पार्टीमा विद्रोह भएको दोहोर्‍याए ।

नेता नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै शक्तिले पराजित गर्न नसक्ने दाबी गरे । गठबन्धन संविधानको रक्षाका लागि बनेकाले कुनै शक्तिले पनि पराजित गर्न नसक्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले समाजवादीको चुनाव चिन्ह कलमले मुलुकको नयाँ भविष्य निर्माण गर्ने दाबीसमेत गरे ।

प्रतिक्रिया

One thought on “जनताले करिब दुईतिहाइ बहुमत दिँदा पनि केपी ओलीले कुनै काम गर्न सकेनन् : नेपाल (भिडिओ)

  1. २०% मा पार्टी फुटाउने अध्यादेश ल्याएर दलीय व्यवस्थामा पार्टी कमजोर जसले बनाए ती भन्दा ठूला प्रतिगमनकारी र संविधान विरोधी अरू को हुनसकछन ? जनता राम्रै जान्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर