भ्रष्टाचार नियन्त्रणमा एमाले कठोर बन्ने, सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि नछाड्ने – Nepal Press

भ्रष्टाचार नियन्त्रणमा एमाले कठोर बन्ने, सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि नछाड्ने

काठमाडौं । नेकपा एमालेले भ्रष्टाचार नियन्त्रणमा कठोर बन्ने घोषणा गरेको छ । आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमालेले भ्रष्टाचार, अनियमितता, सरकारी सम्पत्तिको दुरुपयोग र अपचलन गर्ने जुनसुकै व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याएर छाड्ने उद्घोष गरेको हो ।

घोषणापत्रमा लेखिएको छ, ‘अख्तियारको दुरूपयोग, राष्ट्रिय तथा सरकारी स्रोतसाधनको दोहन र भ्रष्टाचारप्रति निर्मम, कठोर र शून्य सहनशीलताको नीति अपनाइनेछ । अनुगमन, अनुसन्धान र छानबिन कार्यलाई सशक्त बनाइनेछ ।’

भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीउपर कानूनी कारबाही अगाडि बढाइने घोषणापत्रमा उल्लेख छ ।

भ्रष्टाचारी एक दिन कानूनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गराउने एमालेले उद्घोष गरेको छ । ‘सरकारी जग्गा अतिक्रमण गर्नेविरूद्धका छानबिन अनुसन्धान तदारूकताका साथ अगाडि बढाइनेछ, मुद्दा दायर गरिनेछ, दोषीलाई कानूनबमोजिम दण्डित गरिनेछ । नेपाल ट्रस्ट र सरकारको नाममा रहेको जमिन र सम्पत्ति सरकारको स्वामित्वमा ल्याइनेछ’, घोषणापत्रमा लेखिएको छ ।

प्रतिक्रिया

One thought on “भ्रष्टाचार नियन्त्रणमा एमाले कठोर बन्ने, सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि नछाड्ने

  1. बडा गजब लेखेछ एमालेले घाेषणा पत्र पनि ,
    अघिल्लाे घाेषणा पत्रमा बाँकी रहेका काम चाहिँ अलपत्रै छाेडेछ । बिष्णु र गाेकुललाई थाहा दिएनन् कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर