प्रदेश १ सँग बाग्मती ६९ रनले पराजित – Nepal Press

प्रदेश १ सँग बाग्मती ६९ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मतीले प्रदेश १ सँग ६९ रनले पराजित हुँदै लगातार दोस्रो हार व्यहोरेको छ ।

त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले दिएको ३०५ रनको लक्ष्य पछ्याएको बाग्मती ४५.५ ओभरमा २३५ रन बनाएर अलआउट भयो ।

बाग्मतीको ब्याटिङमा नन्दन यादवले सबैभन्दा धेरै ४३ रन बनाए । ईशान पाण्डे ३५ रन, कप्तान ज्ञानेन्द्र मल्ल २७ रन, आशुतोष घिरारिया १४ रन र प्रतिस जिसी १२ रन बनाएर पभेलियन फर्किँदा रामनरेश गिरी २८ रनमा अविजित रहे ।

प्रदेश १ का श्रवण यादवले सर्वाधिक ३ विकेट लिए । फ्रिदोस अज्सरी, दीपक जोशी र सिद्धान्त लोहनीले समान तीनतीन विकेट लिँदा लुभ कामतले एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ का लागि अंकित सुवेदीले शतकीय इनिङ खेले । उनले १३४ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै सबैभन्दा धेरै ११० रनको योगदान गरे ।

यस्तै कप्तान सिद्धान्त लोहनीले ७२ रन बनाए । उनले ४० बलमा ३ चौका र ८ वटा छक्का प्रहार गरे । विवेक आनन्द मेहताले ३०, सोनु अन्सरी १९, ओपनर निरज मुखिया १० र श्रवण यादव ११ रन बनाएर पभेलियन फर्कंदा फ्रिदोस अन्सारी १० रनमा अविजित रहे ।

बाग्मती पहिलो खेलमा पुलिस क्लबसँग पराजित भएको थियो । प्रदेश १ लाई पनि पुलिसले नै हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर