न्यूजिल्यान्ड इङल्यान्डसँग २० रनले पराजित – Nepal Press

न्यूजिल्यान्ड इङल्यान्डसँग २० रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकपमा न्यूजिल्यान्ड इङल्यान्डसँग २० रनले पराजित भएको छ ।

ब्रिस्वेन क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको इङल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनको लक्ष्य न्यूजिल्यान्डसामु प्रस्तुत गरेको थियो ।

इङ्ल्यान्डले दिएको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १५९ रनमात्रै बनाउन सक्यो ।

न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रनको योगदान गरे । उनले ३६ बलमा ४ चौका र तीन छक्का प्रहार गरे ।

कप्तान केन विलियमसनले ४० बलमा ३ चौकासहित ४० रन जोडे । यस्तै ओपनर फिन एलिन १६ रनमा आउट हुँदा मिचेल सेन्टनर १६ रनमा अविजित रहे ।

इङल्यान्डको बलिङमा क्रिस वेक्स र साम कुरानले समान २ विकेट लिए । यस्तै, माकए उड र वेन स्ट्रोकले एक/एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको इङल्यान्डका लागि कप्तान जोस बट्लरले सर्वाधिक ७३ रनको योगदान गरे । उनले ४७ बलमा ७ चौका र २ छक्का प्रहार गरे । एलेक्स हालेस ५२ रनमा आउट भए । उनले ४० बलमा ७ चौका र एक छक्का प्रहार गरे ।

लेइम लिभिङस्टोनलले २० रन जोड्ला अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

न्यूजिल्यान्डका लोकिइ फग्र्युसनले दुई तथा टिम साउथी, मिचेल सान्ट्नर र इस सोधिले समान एकएक विकेट लिएका थिए ।

हारका बाबजुद न्यूजिल्यान्ड ५ अंक जोडेर समूह १ को शीर्ष स्थानमा रहेको छ । इङल्यान्ड समान ५ अंकसहित दोस्रो स्थानमा छ । साविक विजेता अष्ट्रेलिया समान ५ अंक भए पनि रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

इङल्यान्डको जीतसँगै अष्ट्रेलियालाई सेमिफाइनलमा स्थान बनाउन दबाब बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर