एमालेले द्वन्द्वकालका घाइतेहरूको व्यवस्थापनको जिम्मा लिने – Nepal Press

एमालेले द्वन्द्वकालका घाइतेहरूको व्यवस्थापनको जिम्मा लिने

काठमाडौं । नेकपा एमालेले माओवादी युद्धकालमा घाइते भएकाहरूको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै एमालेले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्ने बताएको हो ।

घोषणापत्रमा लेखिएको छ, ‘द्वन्द्वकालमा घाइते तथा अंगभंग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनः स्थापनासम्बन्धी कार्य गरिनेछ । द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुन:स्थापना र परिपूरणको कार्य अघि बढाइनेछ ।’

द्वन्द्वपीडितलाई द्वन्द्वको त्रासदी, निराशा र अन्यायबाट मुक्त गरी संरक्षण र न्याय दिने एमालेले जनाएको छ । घाइते तथा पीडितहरूमा क्षमता विकास गरी रोजगारी उपलब्ध गराउने र समाजको मूल प्रवाहमा ल्याई सम्मानजनक जीवनयापन गर्नसक्ने बनाउने घोषणापत्रमा लेखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर