श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने एमालेको प्रतिबद्धता – Nepal Press

श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने एमालेको प्रतिबद्धता

काठमाडौं । नेकपा एमालेले श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने प्रतिबद्धता गरेको छ । आगामी निर्वाचनको लागि सार्वजनिक घोषणापत्रमा एमालेले अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने बताएको हो ।

औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने उल्लेख गरेको छ ।

घोषणापत्रमा लेखिएको छ, ‘स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिनेछ । श्रमिकहरूको न्यूनत्तम ज्याला मासिक रु २५ हजार पुर्‍याइनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर