१३औं सागमा खेलाडीले जितेको स्वर्णको ‘क्रेडिट’ लिँदै एमाले, एसियाड र ओलम्पिकमा पदक जिताउने प्रतिबद्धता – Nepal Press

१३औं सागमा खेलाडीले जितेको स्वर्णको ‘क्रेडिट’ लिँदै एमाले, एसियाड र ओलम्पिकमा पदक जिताउने प्रतिबद्धता

काठमाडौं । नेकपा एमालले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

होटल याक एण्ड यतीमा केपी शर्मा ओलीले सार्वजानिक गरेको घोषणापत्रमा सन् २०१९ मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका खेलाडीको ‘क्रेडिट’ लिँदै आगामी दिनमा ओलम्पिक र एसियन गेम्समा पनि पदक जित्ने गरी खेलाडी उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

‘१२औं सागमा तीनवटा मात्र स्वर्ण पदक जितेको नेपालले हाम्रो नेतृत्वको सरकारको समयमा भएको १३औं सागमा ५१ वटा स्वर्ण पदक जितेर कीर्तिमान कायम गर्न सफल भयो । अब एसियाली खेलकुद र ओलम्पिकमा समेत पदक जित्ने गरी खेलाडीहरुलाई सक्षम बनाइनेछ । उनीहरुको क्षमता विकासका लागि तालिम र प्रशिक्षणको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर