एमालेले ल्यायो २० हजार शब्दको घोषणापत्र, ओलीद्वारा डिजिटल अनावरण – Nepal Press

एमालेले ल्यायो २० हजार शब्दको घोषणापत्र, ओलीद्वारा डिजिटल अनावरण

काठमाडौं । आसन्न मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले ‘फिङ्गर स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरे ।

एमालेले घोषणापत्र सार्वजनिक गर्दा प्रविधिमा जोड दिएको छ । डिजिटल अनावरणसँगै सूर्य चिन्हमा किन मतदान गर्ने किन नगर्ने भन्ने प्रश्नको जवाफसहित एमाले सरकारका उपलब्धिको श्रव्यदृष्य सार्वजनिक गरिएको छ ।

घोषाणापत्रमा २० हजार शब्द रहेको एमालेले जनाएको छ ।

तस्बिरहरू : उमेश कार्की । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर