सहमति कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई नेकपाको दबाब – Nepal Press

सहमति कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई नेकपाको दबाब

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।

मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रकाण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।

भेटवार्ताको क्रममा नेता प्रकाण्डले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा जोड गर्न माग गरेका छन्। प्रधानमन्त्री देउवाले माग सम्बोधन गर्न आफू सकारात्मक रहेकाले छिट्टै पुरा गर्ने आश्वासन दिएका छन्।

तत्कालीन ओली सरकारसँग भएको सहमति पालना नगरेकोप्रति नेकपा असन्तुष्ट छ। सहमति कार्यान्वयनका लागि केही नेता कार्यकर्ता रिहा भए पनि अझै दर्जनौँ थुनामा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर