ओलीमय याक एण्ड यती (तस्बिरहरू) – Nepal Press

ओलीमय याक एण्ड यती (तस्बिरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले केहीबेरमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभालक्षित घोषणापत्र सार्वजनिक गर्दैछ । एमालेले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा घोषणापत्र सार्वजनिक कार्यक्रम राखेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नेछन् । एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई नै निरन्तरता दिएर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

कार्यक्रमस्थलमा ओलीको तस्बिरसहितका ठूला ठूला पोष्टर र डमी बनाएर राखिएको छ । नेता कार्यकर्ताहरू त्यहाँ फोटो खिचाउन झुम्मिएका छन् । ‘५ वर्ष, एमालेले गर्छ’ नारा लेखिएका प्रचार सामग्री पनि कार्यक्रमस्थलको गेटैबाट देख्न सकिन्छ । साथै २०५१ र पछिल्लो समय एमाले नेतृत्वको सरकारका उपलब्धिलाई पनि प्रस्तुत गरिएको छ । घोषणापत्र सार्वजनिकसँगै ओलीले ‘लाइभ डिबेट’ पनि गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर