श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हरायो – Nepal Press

श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हरायो

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर १२ मा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।

ब्रिसबेन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रनको लक्ष्य श्रीलङ्कासामु प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले ९ बल बाँकी रहँदा ४ विकेट गुमाएर १ सय ४८ रन बनायो ।

श्रीलङ्काका धनञ्जय दी सिल्भाले अविजित ६६ रनको इनिङ खेले । उनले ४२ बलमा ६ चौका र दुई छक्का प्रहार गरे ।

कुशल मेन्डीस २५ रनमा आउट हुँदा चिराथ असालान्का १९रन, पाथुन निशान्का र भानुका राजापाक्साले १८ रनको योगदान गरे ।

अफगानिस्तानको बलिङमा रासिद खान र मुजिव उररेहेमानले समान २ विकेट लिए ।

जितसँगै श्रीलङ्काले सेमिफाइनल पुग्ने झिनो सम्भावना बचाएको छ । भने अफगानिस्तानका लागि सेमिफाइनलको ढोका लगभग बन्द भएको छ ।

जितसँगै श्रीलङ्का ४ अंक जोडेर समूह १ को तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा न्युजिल्यान्ड र दोस्रोमा अष्ट्रेलिया रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर