धितोपत्र बोर्डले रोक्यो नयाँ लाइसेन्स वितरणको प्रक्रिया – Nepal Press

धितोपत्र बोर्डले रोक्यो नयाँ लाइसेन्स वितरणको प्रक्रिया

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइसेन्सको सम्पूर्ण प्रक्रिया रोकेको छ । सर्वोच्च अदालतको अल्पकालीन आदेशका कारण लाइसेन्स वितरणको प्रक्रिया रोकिएको बोर्डका प्रवक्ता रुपेश केसीले नेपाल प्रेसलाई जानकारी दिए ।

नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगन भएको बोर्डले जनाएको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारको आवेदनका लागि आज अन्तिम म्याद तोकिएको छ । तर, अहिलेसम्म आवेदन नपरेको प्रवक्ता केसीले बताए ।

बोर्डले असोज २ गते नयाँ स्टकका लागि लाइसेन्स दिने भन्दै ३० दिने र एउटा नयाँ स्टक र २ वटा कम्पनीलाई वस्तु विनिमय बजार सञ्चालनको अनुमतिका लागि आवेदन मागेको थियो । ब्रोकरका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन् । सर्वोच्चको आदेशपछि सबै प्रक्रिया स्थगित भएको छ ।

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई कात्तिक ४ गते नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रकृया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अर्को आदेश नआउन्जेल कुनै पनि प्रक्रिया अघि नबढ्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *