कास्कीमा वडाध्यक्षका उम्मेदवारसहित एक दर्जन माओवादी कार्यकर्ता एमाले प्रवेश – Nepal Press

कास्कीमा वडाध्यक्षका उम्मेदवारसहित एक दर्जन माओवादी कार्यकर्ता एमाले प्रवेश

पोखरा । कास्कीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित केही नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सना, पूर्व जिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सनालगायत दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

उनीहरूलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटब्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायत नेताहरूले स्वागत गरेका थिए ।

हिमालय क्लब पोखरा १६ का अध्यक्ष मोहन थापा र सोही क्लबका संस्थापक अध्यक्ष तीर्थ तामाङ एमाले प्रवेश गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर