नेकपा एसका काठमाडौं जिल्ला सदस्य श्रेष्ठसहित छजना एमालेमै फर्किए – Nepal Press

नेकपा एसका काठमाडौं जिल्ला सदस्य श्रेष्ठसहित छजना एमालेमै फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित छजना नेकपा (एमाले) मै फर्किएका छन् । सोमबार बसुन्धारामा आयोजित एक कार्यक्रमबीच श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास खत्री एमालेमा फर्किएका हुन् ।

उनीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, शान्ति अधिकारी र एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतले पार्टीमा स्वागत गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले भ्रममा परेर पार्टीबाट बाहिरिएकाहरुलाई पुरानै घर फर्कन आह्वान गरे । राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाई एमालेलाई साथ दिई देश विकासको अभियानमा लाग्न उनले आग्रह गरे ।

एमाले प्रवेश गरेका श्रेष्ठले नेकपा एससँग देश विकासको कुनै दृष्टिकोण नभएको भन्दै आफ्नो पुरानै घरमा फर्किएको बताए ।

श्रेष्ठले २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ को युवा परिचालनको सचिव भएर काम गरेका थिए । यस पटक पनि एमाले उम्मेदवारहरू जिताउन युवाहरू परिचालनको नेतृत्व लिने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर