घनश्याम भुसालको आरोप- ओलीले पार्टी कब्जा गरेर संविधानमाथि प्रहार गरे (भिडिओ) – Nepal Press

घनश्याम भुसालको आरोप- ओलीले पार्टी कब्जा गरेर संविधानमाथि प्रहार गरे (भिडिओ)

रुपन्देही । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले चुनाव जित्नका लागि मात्र नभई संविधानलाई बचाउन गठबन्धन गर्नुपरेको बताएका छन् ।

सोमवार रुपन्देही क्षेत्र नं–१, ख को निर्वाचन प्रचार प्रसार तथा परिचालन मूल समितिको कार्यालय उद्घाटन गर्दै भुसालले केपी ओलीले संविधान नै ध्वस्त पारेर मुलुकलाई फेरी द्वन्द्वतिर धकेल्ने प्रयास गरेकाले संविधान जोगाउनका लागि गठबन्धन बनेको बताएका हुन् ।

केपी शर्मा ओलीले पार्टीलाई नै कब्जा गरेर संविधानमाथि प्रहार गरेको पनि बताए । उनले केपी ओलीको दम्भका कारण आफूले पार्टी त्याग गर्नुपरेको बताउँदै लोकतन्त्र रोज्ने की ओली रोज्ने क्रममा आफूले संविधान बचाउने काम रोजेको जिकिर गरे । भुसालले राजनीति स्थिरता, देशको विकास, समृद्धिका लागी पनि आफूहरूले जित्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं–१, ख प्रदेश सभा सदस्य पदका उम्मेदवार अब्दुल रज्जाकले संविधान च्यात्न खोज्ने दललाई अब भोट दिन नहुने तर्क गरे ।

प्रतिक्रिया

One thought on “घनश्याम भुसालको आरोप- ओलीले पार्टी कब्जा गरेर संविधानमाथि प्रहार गरे (भिडिओ)

  1. अरू एजेण्डा विषय केही छैन ? खाली ओलिलाई गाली ? तिमीहरूले गाली गर्दैमा, आरोप लगाउँदैमा जनताले पत्याएका छन् भन्ठानेको ? तिमिहरूले खालि ओलिको नाम लिएको देख्दा जनताले सोध्न थालेका छन् । हैन यिनीहरू चुनावमा जाँदैछन् कि ओलिको विरोध गर्न कसैले खटाएको काम गर्दैछन् । यसरी खटाउने नेपाली कि विदेशी ? पश्चिमा कि भारतीय ? विरोधको लागि पैसा लिएका छन् कि अरू नै वस्तु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर