एमालेलाई समर्थन गर्दै नेकपा एसका तनहुँ सचिव श्रेष्ठले गरे आफ्नाे उम्मेदवारी निष्क्रिय – Nepal Press

एमालेलाई समर्थन गर्दै नेकपा एसका तनहुँ सचिव श्रेष्ठले गरे आफ्नाे उम्मेदवारी निष्क्रिय

काठमाडौं । नेकपा एकीकृत समाजवादीका तनहुँ सचिव दुर्गाकुमार श्रेष्ठले जिल्लामा गठबन्धनको भागबन्डा गर्दा पार्टीले एक सीट पनि नपाएपछि असन्तुष्टि जनाउँदै एमालेलाई समर्थन गरेकाे घाेषणा गरेका छन् ।

उनले तनहुँ २ (१) मा गठबन्धनविरुद्ध बागी उम्मेदवारीसमेत दिएका थिए । आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर श्रेष्ठले एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् ।

उनले प्रतिनिधिसभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेशसभा १ मा एमालेकै श्यामराज महतलाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको प्रस्ट पारेका छन् ।

उनले कम्युनिष्टहरु कांग्रेसको पिछलग्गू भएर हिँड्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलन लथालिङ्ग पारेको आरोप लगाउँदै उनले एमालेलाई समर्थन गरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर