एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने – Nepal Press

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा एमालेले मङ्गलवार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मङ्गलवार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् ।

विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर