दोश्रो संस्करणको गणेशमान सिंह टेनिस प्रतियोगिता कात्तिक १९ बाट हुने – Nepal Press

दोश्रो संस्करणको गणेशमान सिंह टेनिस प्रतियोगिता कात्तिक १९ बाट हुने

काठमाडौं । वीर गणेशमान सिंहको संस्मरणमा आयोजना हुने टेनिस प्रतियोगताकाे दोश्रो संस्करणको कार्तिक १९ गतेबाट हुने भएको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा २६ गते सम्म हुने प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियर छात्र एवं छात्रा तर्फ विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयाेजकले एक कार्यक्रमकाे आयाेजना गर्दै जानकारि गराए ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको आयोजनमा हुने प्रतियोगितामा सिनियर तर्फ पुरुष तथा महिला एकल तथा युगल, पुरुष ३५ वर्षमाथि एकल तथा युगल, ४५ वर्षमाथि एकल तथा युगल, ५५ बर्ष माथि एकल तथा युगल र ६५ बर्ष माथिको एकल रहेको छ ।

यस्तै, जुनियर तर्फ यु ८ छात्र तथा छात्रा एकल, यु ९ छात्र तथा छात्रा एकल, यु १० छात्र तथा छात्रा एकल, यु १२ छात्र तथा छात्रा एकल, यु १४ छात्र तथा छात्रा एकल र खुल्ला छात्र तथा छात्रा युगलमा प्रतिस्पर्धा हुने छ।

पहिलो संस्करणको टेनिस प्रतियोगितामा पुरुष तर्फ आरभ सम्राट हाडा र महिला तर्फ सलोनी तामाङ्ग विजयी भएका थिए । पुरुष युगलतर्फ प्रदीप खड्का र अनिल शाहीको जोडीले उपाधी उचालेको थियो ।

३५ वर्षमाथिको पुरुष युगल तर्फ कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्गको जोडी, ४५ वर्ष माथिको पुरुष एकलमा विमल कुमार गुरुङ्ग, युगल तर्फ चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडी विजयी भएका थिए । ५५ वर्षमाथि कमल थापा र छम्ब धोन्दुपको जोडी विजयी भएका थिए ।

३२ लाख लागतको अनुमान गरिएको प्रतियोगितामा पुरुष तथा महिला एकल तर्फका विजयी शिर्ष तीन स्थानका खेलाडीहरुले ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्ने छन् ।

यस्तै, पुरुष तथा महिला युगल र पुरुष ३५ बर्ष माथिका शिर्ष तीन विजयी खेलाडीहरुले ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् । ३५ बर्ष माथिको युगलमा शिर्ष तीन विजेताले २५ हजार, १५ हजार ५ हजार, ४५ बर्ष माथि एकलका शिर्ष तीन विजेताले ३० हजार, १५ हजार र ५ हजार, ४५ बर्ष माथिको युगल र ५५ बर्ष माथिको एकल तर्फ २० हजार, १० हजार र ५ हजार, ५५ बर्ष मथिको युगल तर्फका खेलाडीहरुले १५ हजार, ८ हजार र ६५ बर्ष माथिको एकलका खेलाडीहरुले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्ने बिज्ञप्तीमा जनाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर