प्रधानमन्त्री कप क्रिकेटः गण्डकीको विजयी सुरुआत, पुलिसको लगातार दोस्रो जित – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटः गण्डकीको विजयी सुरुआत, पुलिसको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । त्रिवी क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेशलाई ६९ रनले पराजित गर्दै गण्डकीले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

टस जितेर ब्याटिङ थालेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सुदुरपश्चिम ३२.४ ओभरमा १ सय ३९ रन जोडेर अलआउट भयो ।

सुदुरपश्चिमको ब्याटिङमा मिलन बोहोराले सर्वाधिक ५१ रन बनाए । गजेन्द्र बोहराले ३५ र वसन्त खत्रीले १० रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गण्डकीको बलिङमा बिपिन खत्रीले सर्वाधिक ४ विकेट लिए । सुवास भण्डारी र अभिषेक बस्नेतले समान २ विकेट लिँदा अमृत गुरुङले १ विकेट लिए ।

पहिला ब्याटिङ गरेको गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ६३ रनको योगदान गरे । समिर कँडेलले २६ रन बनाउँदा बिधान श्रेष्ठ र अभिषेक बस्नेत समान २५ रन बनाएर पभेलियन फर्किएका थिए ।

सन्दीप क्षेत्रीले १९ र कप्तान विपिन खत्रीले १३ रन जोड्दा कमल परियार १३ रनमा अविजित रहे ।

सुदुरपश्चिमको बलिङमा कैलाश आयर, नारायण जोशी र शेर मल्लले समान २ विकेट लिए भने, नरेन साउदले एक विकेट लिए ।

यस्तै, मुलपानि क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश १ लाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।

टस जितेर ब्याटिङ गरेको प्रदेश ११ले ३५.१ ओभरमा अलआउट हुँदै १ सय ३ रनको लक्ष्य पुलिस सामु प्रस्तुत गरेको थियो ।

प्रदेश १ ले दिएको लक्ष्य पुलिसले १४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर पुरा गर्दै १ सय ५ रन बनायो ।
यसअघि आईतबार पहिलो खेलमा पुलिसले बाग्मती प्रदेशलाई हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर