बैतडी कांग्रेस : पार्टीविरुद्ध उम्मेदवारी दिने र समर्थन गर्ने नेताहरू कारबाहीमा – Nepal Press

बैतडी कांग्रेस : पार्टीविरुद्ध उम्मेदवारी दिने र समर्थन गर्ने नेताहरू कारबाहीमा

काठमाडौं । गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने नेता कार्यकर्ताहरूलाई बैतडी कांग्रेसले धमाधम कारबाही गरिरहेको छ ।

आम निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी उम्मेदवारी दिने र उनीहरूको पक्षमा मत माग्नेहरूलाई कांग्रेसले कारबाही गरिरहेको हो ।

कांग्रेसले दलित संघ बैतडीका अध्यक्ष रमेश कोली, नेताहरू हरिमोहन भण्डारी, केशव चन्द र भीम नाथ लगायतलाई पार्टीबाट निष्कासन गरेको हो ।

बैतडी कांग्रेसको अनुशासन समिति संयोजक देवराज जोशीका अनुसार उनीहरूले पार्टीविरुद्ध उम्मेदवारी दिएको र स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको कारबाही गरिएको हो ।

यस्तै नेपाली कांग्रेसका पाटन नगर सभापति मानबहादुर ऐरलाई पनि स्पष्टीकरण सोधिएको छ । पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी’उम्मेदवारलाई सहयोग गरेको भन्ने प्रमाण प्राप्त भएकाले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भनिएको कांग्रेसले जनाएको छ ।

बैतडीमा कांग्रेसबाट विद्रोह गरी केशव चन्दले संघ र हरिमोहन भण्डारीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको पक्षमा खुलेका नेताहरूलाई पार्टीले कारबाही गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर