नेकपा एसको घोषणापत्र : सरकार गठबन्धनको, तर अस्थिर – Nepal Press

नेकपा एसको घोषणापत्र : सरकार गठबन्धनको, तर अस्थिर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा महासचिव बेदुराम भुसाललगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट मुलुकमा महत्वपूर्ण उपलब्धिहरूको रक्षाको लागि आफूहरूको पहिलो प्राथमिकता भएको घोषणापत्रमा उल्लेख गरेको छ ।

अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले प्रणालीको सुधारलाई जोड दिएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘यो मुलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्नसक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर