जनमोर्चा नेता कृष्ण थापाको दाबी- गठबन्धनको बहुमत आए देश फाँसीवादमा जान्छ – Nepal Press

जनमोर्चा नेता कृष्ण थापाको दाबी- गठबन्धनको बहुमत आए देश फाँसीवादमा जान्छ

बागलुङ । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाबाट निर्वाचित गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य कृष्ण थापाले निर्वाचनमा गठबन्धनको बहुमत आए मुलुक फाँसीवादतर्फ जाने दाबी गरेका छन् ।

अपराधीहरू छुट्ने, निर्दोषहरू अपहरणमा पर्ने र झुटा मुद्दा लगाएर पोलिने दिन आउने भन्दै थापाले गठबन्धनप्रति असन्तुष्टि जनाए ।

२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित थापाले सोमवार आफ्नो फेसबुक पेजमार्फत यस्तो बताएका हुन् ।

गठबन्धन नातिको पालासम्म अमर रहोस् भन्दै उनले एका दुईले लुटमा साझेदारी गर्ने आरोप लगाए । बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधि सभाको उम्मेदवार छन् ।

गण्डकी प्रदेशसभामा एमाले नेतृत्वको सरकारलाई सघाएको भन्दै राष्ट्रिय जनमोर्चाको कारबाहीमा परेर प्रदेश सांसद पद गुमाएका थापा यति बेला खेतीपातीमा व्यस्त छन् ।

उनले पार्टी छाडेका छैनन् तर कम्युनिष्ट र कांग्रेसबीचको गठबन्धन स्वाभाविक नभएको तर्क गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर