समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष प्रेस चौतारीमा प्रवेश – Nepal Press

समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष प्रेस चौतारीमा प्रवेश

रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विकास बञ्जाडे नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।

यसअघि प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य रहेका बन्जाडे पार्टी विभाजनपछि नेकपा एसमा लागेका थिए ।

सोमबार बन्जाडेलाई स्वागत गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेबाट नै देश बनाउने अभियानमा पुनः जोडिने उचित जिम्मेवारी दिइने बताए ।

पौडेलले हरेक क्षेत्रबाट पार्टी बाहिर रहेका व्यक्तिहरू धमाधम प्रवेश गरिरहेको अवस्थाले एमाले भविष्य बलियो बनेको र एमाले बलियो बन्नु नै देश बलियो बन्नु भएको बताए ।

बन्जाडेलाई स्वागत गर्दै प्रेस चौतारीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदीप आचार्यले संगठन बाहिर रहेको बीचको अवधिलाई बिर्सेर आफ्नो जिम्मेवारीमा रहन आग्रह गर्दै अब बाहिर रहेका धेरै साथीहरू आउने तयारीमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर