चार्टर्ड उडान अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै – Nepal Press

चार्टर्ड उडान अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै

काठमाडौं । अबदेखि चार्टर्ड उडान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा हवाई जहाजमार्फत हुने चार्टर्ड उडानमा प्रतिबन्ध गरेको छ । योसँगै चार्टर्ड उडान भैरहवाबाट मात्रै हुने भएको हो ।

प्राधिकरणका अनुसार कूटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछ । प्राधिकरणले आइतबारदेखि लागू गरेको हिउँदे उडान तालिकाअनुसार चार्टर्ड उडानसँगै काठमाडौंबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाट हुनेछ ।

गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण प्रयोगमा ल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका सबै चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको हो । अहिले गौतमबुद्ध विमानस्थलमा जजिरा एअरलाइन्सले मात्र हप्ताको तीन उडान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *