भारत दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित – Nepal Press

भारत दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकपअन्तर्गत सुपर १२ मा भारत दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित भएको छ ।

पर्थ स्टेडियममा भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ बल बाँकी रहदा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

दक्षिण अफ्रिकाको ब्याटिङमा डेविड मिलरले अविजित ५९ रनका महत्वपूर्ण इनिङ खेले । उनले ४६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । एडिन माक्रमले ५२ रनको योगदान गरे । भने, टेम्बा बाभुमा १० रनमा आउट भएका थिए ।

भारतको बलिङमा अर्सदिपसिंहले दुई विकेट लिए । मोहमद शामी हार्दिक पाण्ड्या र रविचन्द्रन आश्विनले समान एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको भारतका लागि सूर्य कुमार यादवले सर्वाधिक ६८ रनको योगदान गरेका थिए । रोहित शर्मा १५ रन, विराट कोहली १२ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

लुङगी एनगिडीले सर्वाधिक ४ विकेट लिएका थिए । वेन प्रनेलले तीन विकेट र एनरिच नोर्टजेले १ विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिका समूह २ को शिर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर