विस्फोटक ब्याट्सम्यान सूर्यकुमारको विकेट लिएपछि रोनाल्डो शैलीमा पार्नेलको सेलिब्रेसन – Nepal Press

विस्फोटक ब्याट्सम्यान सूर्यकुमारको विकेट लिएपछि रोनाल्डो शैलीमा पार्नेलको सेलिब्रेसन

मेलबर्न । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आइतबार साँझ भारतका लयमा रहेका सूर्यकुमार यादवको विकेट लिएपछि वाइन पार्नेलले क्रिस्टियानो रोनाल्डो शैलीमा सेलिब्रेसन गरेका छन् ।

पार्नेलले दुई हात छातीमा राखेर आँखा चिम्लँदै ध्यान गरेजसरी सेलिब्रेसन गरेका थिए । आँखा खोल्दै गर्दा उनको मुहारबाट राहतको अनुभूति व्यक्त भएको थियो।

रोनाल्डोले पछिल्लो समय गोल गरेपछि यही शैलीमा सेलिब्रेसन गर्ने गरेका छन्। बिहीबार राती मात्र उनले पछिल्लो पटक त्यसरी गोलको खुसी मनाएका थिए। यो खेलमा सूर्यकुमारले ४० बलमा ६८ रन बनाए।

सूर्यकुमारको सम्हालिएको ब्याटिङपछि भारतले दक्षिण अफ्रिकालाई एक सय ३४ रनको लक्ष्य दिएको छ। सूर्यकुमार १९ औँ ओभरको अन्तिम बलमा क्याच आउट भएका थिए। त्यसपछि भारतले ६ रन मात्र थपेको थियो। भारतले अन्तिम दुई ओभरमा ९ रन जोड्यो।

पार्नेलले चार ओभरमा एक मेडन राख्दै १५ रन खर्चिएर ३ विकेट लिए। ४९ रन जोड्दा पाँच विकेट गुमाएको भारतलाई सूर्यकुमारले सम्हाल्ने प्रयास गरेका थिए।

सुपर-१२ अन्तर्गत समूह-२ मा भारतको दुई खेलबाट ४ र दक्षिण अफ्रिकाको दुई खेलबाट ३ अंक रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर