आयात प्रतिबन्धले सरकारको राजस्व आम्दानीमा धक्का ! – Nepal Press

आयात प्रतिबन्धले सरकारको राजस्व आम्दानीमा धक्का !

काठमाडौं । सरकारले भन्सार विन्दुबाट ९६ अर्ब ६१ करोड रुपैयाँ राजस्व उठाएको छ । सरकारले महंगा गाडी र फोनको आयात प्रतिवन्ध बैशाखयता यथावत नै राखेको छ । सोही कारण सरकारको आम्दानीमा धक्का लागेको देखिन्छ ।

सरकारले गत वर्षको यसै अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँभन्दा बढी आयातबाट राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांकमा छ । यो देशभरका २६ वटा भन्सार कार्यालयबाट उठेको राजस्व हो ।

सरकारले हालसम्म कर र गैरकर गरी २ खर्ब ४५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गत वर्ष यसै अवधिमा २ खर्ब ८२ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । तीन महिनामा नेपालको १२७ देशसँग वैदेशिक व्यापार भएको छ । सबैभन्दा बढी आयात भारत र चीनबाट भएको छ ।

भारतमा मात्र झण्डै साढे २ खर्ब रुपैयाँ गएको छ । नेपालले सो बराबरको वस्तु तथा सेवा आयात गरेको छ । तर नेपालले भने २८ अर्ब बराबरको वस्तु तथा सेवामात्र भारत निर्यात गरेको छ ।

चीनबाट ५६ अर्ब रुपैयाँभन्दा बढी मूल्यको वस्तु आयात भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *