एपीएफसँग आर्मी ५६ रनले पराजित – Nepal Press

एपीएफसँग आर्मी ५६ रनले पराजित

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैलानमा एपीएफले दिएको २२० रनको लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा १६३ रन बनाएर अलआउट भयो ।

आर्मीका लागि हरि चौहानले सर्वाधिक ६५ रनको योगदान गरे । रोहित पौडेल ५१ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका अमर रौतेलाले सर्वाधिक ४ विकेट लिए । कमलसिंह ऐरीले ३ र किशोर महतोले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको एपीएफका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक ७१ रनको योगदान गरे । उनले ८० बलमा ४ चौका र ६ छक्का प्रहार गरे ।

सन्दीप जोराले ५० रन जोडे । भुवन कार्की २६ रनमा आउट हुँदा शरद भेषावकर १६, मौसम ढकाल १२ रन र अमर रौतेला १० रनमा आउट भए ।

आर्मीको बलिङमा विक्रम शोवले सर्वाधिक ४ विकेट लिए । साहब अलाम र कुशल मल्लले समान २–२ विकेट लिँदा जितेन्द्र मुखिया र विक्रम शोवले समान एकएक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर