प्रधानमन्त्री कप : पुलिसले बाग्मतीलाई १९२ रनले हरायो – Nepal Press

प्रधानमन्त्री कप : पुलिसले बाग्मतीलाई १९२ रनले हरायो

काठमाडौं । नेपाल पुलिस क्लबले बाग्मती प्रदेशलाई १ सय ९२ रनले पराजित गरेको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मुलपान क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले दिएको २ सय ९० रनको लक्ष पछ्याएको बाग्मती २८ ओभरमा ९७ रन जोडेर अलआउट भयो ।

बाग्मतीका लागि ईशान पाण्डेले सर्वाधिक २४ रन बनाए । राम नरेश गिरी २२ रनमा अविजित रहे । प्रतिस जिसी १४ रन, नन्दन यादव १० रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसको बलिङमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । यस्तै,करण केसी, गुलसन झा, सागर ढकालले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८९ रनको योगफल तयार गरेको थियो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक १ सय ८ रनको योगदान गरे । दीपेन्द्रले ८२ बलमा ११ चौका र ४छक्का प्रहार गरे । दीपेन्द्रले चौथो विकेटका लागि आरिफ शेखसँग १ सय ३६ रनको साझेदारी गरेका थिए ।

ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान ३७ रन बनाए ।

यस्तै, आरिफ शेख ३६ रन जोडेर पभेलियन फर्किए ।

यस्तै दिलीप नाथ १२ र पवन सर्राफ १५ रनमा अविजित रहे ।

बाग्मतीको बलिङमा नन्दन यादवले २ विकेट लिए । यस्तै, राम नरेश गिरि, सूर्य तामाङ र सोनु देवकोटाले समान एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर